नियम
सूचीकृत हुन निवेदन दिनु पर्ने
(१) मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन चाहने व्यक्तिले नियम ३ मा उल्लिखित अवधिभित्र अनुसूची–२ बमोजिमको ढाँचामा मुद्दा हेर्ने निकाय, स्थानीय निकाय वा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको रुपमा सूचीकृत हुनको लागि निवेदन दिन महिलालाई उत्प्रेरित गरिनेछ ।